बलियो सरकारको उपलब्धि कमजोर: कमल थापा

बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले आम जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश ५ ले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै अध्यक्ष थापाले दुई तिहाइको सरकारले जनताको जीवनस्तरमा परिर्वतन हुने गरी सकारात्मक परिणाम दिन नसकेको बताए।

सरकार अंक गणितीय रुपमा बलियो भए पनि उपलब्धिका हिसावले निकै कमजोर रहेको उनले बताए। अध्यक्ष थापाले सरकार ढाल्ने षडयन्त्र भइरहेछ भनेर प्रधानमन्त्रीले आफ्नो गृहनगर पुगेर दिएको अभिव्यक्तिबारे जनतालाइ स्पष्ट पार्नु पर्ने बताए।

‘प्रधानमन्त्रीले एकाएक किन सरकार ढाल्ने षडयन्त्रको महशुस गर्नुभयो। देशी विदेशी कुन शक्तिसँग उहाँलाइ डर छ? स्पष्ट पार्नु पर्छ’,अध्यक्ष थापाले भने।

उनले अमेरिकासँग हुने भनिएको सम्झौता एमसीसी नेपालको हितमा रहेको बताए। एमसीसीबारे फैलाइएका गलत अफवाह चिर्न सरकाले आधिकारिक धारणा ल्याउनु पर्ने उनकाे भनाई छ।

थापाले आगामी निर्वाचनमा पार्टीलाई प्रमुख शक्तिको रुपमा स्थापित गराउने तयारी स्वरुप निर्धारित समयभन्दा ९ महिना अगावै पार्टी महाधिवेशनको तयारी थालिएको बताए।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्