क्वारेन्टाइनमा विद्यार्थीहरुलाई मीठो-मीठो खाना (तस्बिरहरु)

फाइल तस्बिर

काठमाडौँ– भक्तपुर खरिपाटीको विद्युत प्राधिकरणको कार्यालयमा क्वारेनटाइनमा भएका विद्यार्थीले खानाको व्यवस्था राम्रो भएको बताएका छन्। स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा भएका विद्यार्थीको लागि स्वस्थ खानपिनको व्यवस्था गरिएको बताएको थियो। उनीहरुलाई स्वस्थ्य राख्न खानेकुरामा विशेष ध्यान दिने बताइएको थियो।

देशसञ्चारसँगको कुराकानी गर्दै क्वारेन्टाइनमा रहेका एक विद्यार्थीले दिनमा चारपल्ट खानेकुरा दिने गरेको बताए। उनले खानामा पाउरोटी, पुरी, भात र मासु र अण्डा रहेको बताएका छन्। उनले खाना सन्तुलित भएको बताएका छन्। उनका अनुसार तीन दिनमा फरकफरक खाना दिइएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनको वुहान शहरबाट विद्यार्थीलाई फागुन ३ गते नेपाल ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेनटाइनमा राखिएको थियो। क्वारेनटाइन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ। सेनाले खानाको जिम्मा कार्की व्यांकेटलाई दिएको थियो। क्वारेनटानमा एकसय ७० जना विद्यार्थी बसेका छन्। उनीहरुलाई १४ दिनसम्म त्यहाँ राखिनेछ।

उनीहरुलाई दिइएको खानाको तस्बिरहरु:

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्