यसरी हुँदै छ सेना दिवसको रिहर्सल (तस्बिरहरु)

काठमाडौं- सैनिक मञ्‍च टुँडिखेलमा हुने विशेष समारोहका लागि सेनाले अभ्यास गरेको छ।

नेपाली सेनाले दुई दशक पहिलेदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन्।

शिवरात्रि तथा सेना दिवसको विशेष समारोह सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुनेछ।

सैनिक मुख्यालय जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ।

वर्तमान सेनाको साङ्गठनिक स्वरूपको सुरुआत १८१९ सालदेखि भएको हो। सैनिक र हातहतियार उत्पादन र प्रयोगको दृष्टिले विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि समेत अहिले नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशालाको केन्द्र बन्दै गएको छ।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्