‘वाइवाइ ग्लोकल टिन हिरो इन्डिया २०२०’का लागि आवेदन आह्वान

काठमाडौँ– ‘वाइवाइ ग्लोकल टीन हिरो इन्डिया–२०२०’को दोस्रो संस्करणका लागि आवेदन आह्वान गरिएकाे छ।
काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी ग्लोकल प्राली र भारतीय राजदूतावासले ‘वाइ वाइ ग्लोकल टीन हिरो इन्डिया’को दोस्रो संस्करण सञ्चालन गर्ने जानकारी दिएका हुन्।
भारतको एजुकेशन हब भनेर चिनिने पुणेमा ‘वाइ वाइ ग्लोकल टीन हिरो इन्डिया’को दास्रो संस्करण हुन लागेको हो।
ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक आशिष ठाकुरले वाइवाइ ग्लोकल टिन हिरोमार्फत सन् २०१५ देखि नेपालमा १९ वर्षभन्दा कम उमेरका युवाहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै उनीहरुको कला र सिपलाई संसारसँग जोड्दै आएको बताए।
आगामी दिनहरुमा पनि सिर्जनशिल किशोर किशोरीहरुका लागि यस्ता क्रियाकलाप गर्दै जाने उनकाे भनाइ छ।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरु लगायता विभिन्न क्षेत्रमा आफ्नो फरक क्षमता देखाएका किशोर किशोरिहरु यस कार्यक्रममा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।