छोरी करणी गर्नेलाई ३७ वर्ष जेल

सांकेतिक तस्बिर ।

हेटौंडा – जिल्ला अदालत मकवानपुरले छोरी करणी गरेको अभियोगमा दोषी ठहर गर्दै एक व्यक्तिलाई ३७ वर्ष जेल सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय एक बाबुलाई किशोरी छोरी बलात्कार गरेको ठहर गर्दै कैद सजाय सुनाएको हो।

जिल्ला अदालतका अनुसार पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति पीडकबाट भराउन समेत आदेशमा भनिएको छ। २०७५ चैत २ गते १७ वर्षीया छोरीलाई राति घरमा सुतिरहेको अवस्थामा हतियार देखाइ करणी गरेको अभियोग बाबुमाथि लागेको थियो।

घटनापछि किशोरीले आफन्तका गएर त्यसबारे जानकारी गराएकी थिइन्। चैत ११ गते उजुरी परेपछि प्रहरीले दोषीलाई पक्राउ गरेको थियो।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्