जबर्जस्ती करणी गरेकाे आराेपमा एकजना पक्राउ

सांकेतिक तस्बिर

बुटवल– सोमबार राती घरमा सुतिरहेको अवस्थामा एक महिलामाथि जबर्जस्ती करणी गरेको अभियाेगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिशन थारुलाई आफ्नै गाउँकी ५० वर्षकी एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो।

मदिरा सेवन गरेर रातिको समयमा महिला एक्लै भएको मौका छोपेर थारुले घरभित्र पसि जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए।

पक्राउ परेका थारुविरुद्ध जबर्जस्ती करणी उद्योगमा कारवाहीका लागि अनुसन्धान अगाडि बढाइएको पनि उनले जानकारी दिए।

फाल्गुन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्