म्यानचेस्टर युनाइटेडका समर्थकले होमोफोबिक नारा लगाएको चेल्सीको आरोप

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलको क्रममा म्यानचेस्टर युनाइटेडका समर्थकको ठूलो समूहले होमोफोबिक (समलिंगी व्यक्ति विरुद्धका) नारा लगाएका चेल्सीले आरोप लगाएको छ ।

अस्वीकार्य नारा म्यानचेस्टर युनाइटेडको रंगशाला व्यवस्थापनले संरक्षण गरेको वा खेल अवधिभर त्यसलाई बेवास्ता गरिएको चेल्सीको आरोप छ ।

चेल्सीले मंगलबार भनेको छ, ‘यस्तो खालका कुनै पनि व्यवहार स्वीकार्य या सह्यै हुने छैन।’

होमोफोबिक नारा लगाउनेहरुलाई आउँदा खेलहरुमा रंगशाला आउन बन्देज लगाइनु पर्ने चेल्सीले बताएको छ।

सोमबार रातिको खेलमा होमोफोबिक नारा लगाउने दर्शकहरुको विस्तृत विवरण म्यानचेस्टर युनाइटेडलाई हस्तान्तरण गरिएको र सो क्लबले उपयुक्त कदम चाल्ने अपेक्षा गरिएको उल्लेख गरेको छ।

चेल्सीले वक्तव्यमा भनेको छ, ‘चेल्सी विविधतायुक्त र समावेशी क्लब हो र सबै प्रकारका फरक व्यवहार या विभेदविरुद्ध कडा रणनीति अपनाउने छ ।’

सोमबार राति घरेलु मैदानमा भएको खेलमा म्याचेस्टर युनाइटेड २–० ले विजयी भएको थियो।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्