शिवाकोटीको ‘जय जय पाथिभरा’ सार्वजनिक

काठमाडौँ – गायिका कविता शिवाकोटीले ‘जय जय पाथिभरा’ बोलको भजन आफ्नै युट्यव च्यानल ‘कविता शिवाकोटी’बाट सार्वजनिक गरेकी छिन् । दर्जनौ हिट गीत दर्शकमाँझ दिन सफल शिवाकोटीको यो छैटौँ भजन हो ।

रचना किरण के उप्रेतीका शब्दहरुमा भीम विसीको संगीत छ । भजनमा गायिका शिवाकोटी र यशोदा उप्रेतीले अभियन गरेका छन् । भजनको निर्देशन रोहित लामगादेले गरेका छन् भने कोरियोग्राफि लामगादे र शम्भु श्रेष्ठले गरेका छन् ।

क्यामेरा तथा भजनको सम्पादन सुवास लिम्बुले गरेका छन् ।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्