सुनको मूल्यमा नयाँ रेकर्ड, इतिहासकै महँगो

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य इतिहासकै महँगो भएको हो ।

बुधबार सुन तोलाको ७७ हजार १ सय रुपैयाँ कायम गरिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको यो मूल्य इतिहासमै सर्वाधिक हो । मंगलबार बजारमा सुन तोलाको ७६ हजार ७ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७६ हजार ८ सयमा कारोबार भइरहेको छ । चाँदीमा पनि तोलामा १५ रुपैयाँ बढेर ९०५ कायम गरिएको छ ।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्