प्रजातन्त्र दिवसमा वीरगञ्‍ज कारागारबाट १८ जना कैदी कैदमुक्त

पर्सा-प्रजातन्त्र दिवसको अवसरमा बिरगञ्‍ज कारागारबाट १८ जना कैदी कैदमुक्त भएका छन्।

असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई जेलबाट रिहा गरिएको बिरगञ्ज कारागारका जेलर श्रवण पोखरेलले जानकारी दिए।

बुधबार परेको प्रजातन्त्र दिवसको अवसरमा रिहा हुनेमा ज्यान मार्ने उधोगका दुई जना अँगभँग मुदाका ६ जना,कुटपिट तथा अँगभँग मुदाका एक जना,बन पैदावारका चार जना रहेका छन्।

यस्तै किर्ते मुद्दाका एकजना,हातहतियार मुदाका दुईजना र सवारी ज्यान मुदाका दुईजना रहेको पोखरेलले बताए।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई कैदबन्दी मिनाहा गरेको बिरगञ्ज कारागारले जनाएको छ।

पोखरेलका अनुसार कैदकटी नियमावली बमोजिमको मापदण्ड पुरा गरेका १९ जना कैदिबन्दीहरुको बाँकी कैद कटीका लागि सिफारिस भएकोमा १८ जना कैदमुक्त भएका छन्। कैदमुक्त भएका सबैजना पुरुषहरु मात्र रहेका छन्।

५० प्रतिशत कैद भुक्तान गरेका पर्सा, बारा, रुपन्दही र भारतको गरेर १८ जना कैदी वन्दीहरु रिहा भएका हुन्। कैद मुक्त हुनेहरुमा पर्साका १ जना, बाराका १५ ,रुपन्देहीका १ र भारत बिहार मोतिहारी जिल्लाका १ जना रहेका छन। उनीहरुलाई कारागार कार्यालयले एक कार्यक्रमको आयोजना गरि आफन्तको जिम्मा लगाएको हो।

फाल्गुन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्