फोटो फिचर

प्रिय प्रधानमन्त्री! किताबमा कर लगाएर के नेपाल सम्वृद्ध हाेला? के नेपाली सुखी हाेलान्?

फाेटाे फिचर

काठमाडौँ– सरकारले पुस्तकमा कर लगाएको विरोधमा किताब पारखीहरु आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरुले सरकारले पुस्तकमाथि ट्याक्स लगाएको विरोधमा राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

उनीहरुको विरोध गर्ने शैली भने अनौठो छ। मुखमा टेप लगाएका उनीहरुको हातमा पुस्तक छ। सरकारले ज्ञानमाथि कर लगाएकाे भन्दै उनीहरुले किताब पढेर विराेध गर्ने नयाँ शैली अपनाएका छन्।

सरकारले चालु आर्थिक वर्ष २०७५/०७६को बजेतमार्फत पुस्तकमा १० प्रतिशत कर लगाएको थियो।

ज्ञानमाथि कर लगाइको भन्दै सरकारको उक्त कदमको सर्वत्र विरोध भएको थियो। किताबमाथि लगाइएको करले पाठकमाथि थप आर्थिक भार पर्ने भन्दै सरकारले पठन संस्कृतिमाथि प्रहार गरेको सरोकारवालाहरुको भनाइ छ।

आन्दाेलनमा उत्रिएका विद्य‌ार्थीहरुले सरकारलाई दवाव दिन हस्ताक्षरसमेत स‌ंकलन गरिरहेका छन्।

प्रदर्शनमा सहभागीहरुले किताबमा कर लगाएर के नेपाल सम्वृद्ध हाेला, के नेपाली सुखी हाेलान्?, पहिले लेख्न नदिने, त्यसपछि बाेल्न नदिने, अहिले पढ्न नदिने, सरकार शिक्षित मानिसहरुसँग डरायाे जस्ता नारा लेखिएका प्लेकार्डहरु बाेकेका छन्।

सबै तस्बिर: बर्षा शाह/देश सञ्चार।