सञ्चारमन्त्री बास्कोटाको कार्यकक्षबाट धमाधम कागजपत्रहरु पोको पारेर लगिँदै

फाइल तस्बिर

काठमाडौँ- कमिसन अडियो प्रकरणमा राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बास्कोटाको कार्यकक्षबाट बिहीबार साँझ विभिन्न कागजातहरु धमाधम पोको पारेर उनकै टिमका सदस्यहरुले लगिरहेका छन्।

भ्रष्टाचारमा मुछिएका कारण राजीनामा दिएका बास्कोटाको उनी निकट व्यक्तिहरुले सबै कागजातहरु पोको पारेर लैजान थालेका हुन्।

आम जनसमुदाय, विभिन्न निकाय तथा राजनीतिक दलहरुबाट घटनाको छानबिन गर्न माग गरिरहेका बेला उनको कार्यकक्षबाट सबै कागजात लगिएको हो। अहिले उनको कार्यकक्षमा कसैलाई पस्न दिइएको छैन।

पत्रकारहरुलाई फेस गर्न नसकेपछि उनले बिहीबार ट्विटबाटै राजीनामा दिएका हुन्।

 

फाल्गुन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्