ट्रम्पका पूर्व सल्लाहकारलाई ४० महिना जेल सजाय, संसदमा झुटो बोलेको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक लामो समयदेखिका सल्लाहकार रोजर स्टोनलाई ४० महिनाका लागि जेल सजाय सुनाइएको छ ।
साथै अदालतले उनलाई २० हजार डलर जरिवाना पनि तोकेको छ ।

६७ वर्षीय स्टोनलाई अमेरिकी सांसदसँग सात पटकसम्म झुठ बोलेको, काममा अवरोध गरेको र विभिन्न महत्वपूर्ण विषयलाई गुमराहमा राखेको अभियोगमा अदालतले दोषी देखाउँदै सजाय सुनाएको हो ।

सन् २०१६ मा भएको चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका स्टोनलाई गएको हप्ता मात्रै राष्ट्रपति ट्रम्पले सल्लाहकारबाट हटाएका थिए ।

ट्रम्पले फरि पनि संकेत दिएका छन् कि उनले आफ्ना सहयोगीलाई माफी दिन सक्ने छन् । स्टोनले लगातार आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाइरहेका छन् ।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्