बाँस्कोटाले दिए शिवरात्रिको शुभकामना, ट्विटमा व्यङ्ग्यको ओइरो

काठमाडौँ – कमिशनबारे मोलतोल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री पद गुमाएका गोकुल बाँस्कोटाले महाशिवरात्रिका अवसरमा ट्विटरमार्फत दिएको शुभकामना सन्देशमा व्यङ्ग्यको ओइरो लागेको छ ।

‘प्रत्येक वर्ष फागुन चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’ बाँस्कोटाले शुक्रबार बिहानै ट्विट गरेका थिए ।

तर यो ट्विटमा धेरैले उनलाई कमिशनको मोलतोल गरेको अडियोबारे व्यङ्ग्य कसेका छन् । कतिपयले भ्रष्ट नेताबाट शुभकामना नचाहिने प्रतिक्रिया पनि दिएका छन् ।

‘कम्युनिष्टले चलाएको देश चीन कहाँबाट कहाँ पुग्यो । नेपाली कम्युनिस्टहरुको किन यस्तो दयनीय अवस्था? अलिकति इमान र साख को ख्याल गर्नु पर्दैन?’ गोपाल योगीले प्रश्न गरेका छन् ।

बालकृष्ण ढकालले लेखेका छन्, ‘नैतिकताको आधारमा राजीनामा। नैतिकता छ र भन्या?’ केदार थमीको प्रश्न छ, ‘अझै जेल जाने चाजोपाजो मिलेको छैन? कि विष्णु, विष्णु भनेर चोखो भयौँ?

जीवन पोखेरलले भनेका छन्, ‘कमरेडलाई पनि शुभकामना। पैसा खानुस् नखानुस् मलाई आपत्ति छैन, देशलाई नराम्रो नहोस् ।’

‘के को शुभकामना चाहियो हामीलाई, जनताको करबाट चुरलुम्मै ७० करोड को डिल गर्दै हिँड्ने ? अब हामी अख्तियारले समातेर मुद्दा चलाएको हेर्न चाहन्छौँ । टेलिकमका अन्य ठेक्काबाट हाल सम्म कति खायौँ ?’ इन्द्रमणि शर्माले प्रश्न गरेका छन् ।

योगेन्द्र थापा व्यङ्ग्य गर्दे लेख्छन्, ‘सबैलाई आफू जस्तै बन्नु भनेर पनि शुभकामना दिनुपर्ने ।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्