‘कोरोना संक्रमित’ व्यक्तिहरु सवार बसमा हमला

यूक्रेनको एक शहरमा दर्जनौँ प्रदर्शनकारीहरुले चीनबाट उद्धार गरेर ल्याइएका व्यक्ति सवार बसमा हमला गरेका छन् । ती व्यक्तिहरुलाई कोरोना संक्रमणबाट ग्रसित चीनबाट पोल्तावा शहरमा रहेको एक अस्पताल लैजान थालिएको थियो ।

जहाँ उनीहरुलाई १४ दिनसम्म राख्ने योजना थियो । तर शहरका बासिन्दालाई डर छ कि कोरोना ग्रसित व्यक्तिलाई आफ्नो ठाउँमा ल्याइए संक्रमण त्यहाँ पनि फैलन सक्छ ।

हमलापछि यूक्रेनका राष्ट्रपति वोल्दीमीर जेलेन्स्कीले नागरिकहरुलाई एकता देखाउन अपील गरेका छन् । उनले भने, ‘ यो याद राखौँ कि हामी सबै मानिस हौँ ।’

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्