इन्डोनेशियाको किड्स प्लानेट इन्टरनेशनलमा नेपाली बालबालिका

काठमाडौँ – इन्डोनेशियाको बालीमा आयोजना हुने ‘किड्स प्लानेट इनटरनेशनल २०२०’मा नेपालका ७ बालबालिकाले सहभागिता जनाएका छन् । उक्त प्रतियोगितामा सहभागी जनाउन ‘किड्डी फेस अफ दि इयर २०२०’का विजेता चिराग बजगाई, पेमा डोमा लामा, जयश अग्रवाल, प्रतीक भट्ट, याकिन अर्याल, समीरा मकाला, सान्वी स्वर इन्डोनेशियामा छन् ।

इन्डोनेशियाको शहर बालीमा १८ देखि २३ फेब्रुअरीसम्म आयोजना हुने ‘किड्स प्लानेट इनटरनेशनल’मा उनीहरु सहभागी भएका हुन् ।इन्डोनेशिया र नेपालका २० बढी बालबालिकाको सहभागिता रहेका उक्त प्रतियोगितामा बालबालिकाले नेपाली कलासंस्कृतिको समेत प्रचार गरिरहेका छन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले ति बालबालिकालाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराएको हो । प्रतियोगितामा बालबालिका लिएर कोरियोग्राफर तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजु, फेसन डिजाइनर श्रीषा बैदार फैजु समेत इन्डोनेशियामा छन् ।

बालबालिकालाई व्यक्तित्व विकास र क्षमता अभिबृद्धी गर्ने उदेश्यका साथ आयोजना हुँदै ‘किड्स प्लानेट इनटरनेशनल’मा फेसन डिजाइनर श्रीषाले नै तयार पारेको नेपाली कलासंस्कृति झल्कने बिभिन्न आकर्षक पहिरनमा बालबालिकाले आफ्नो प्रस्तुति दिइरहेका छन् ।

प्रतियोगितामा नेपाली कलासंस्कृति, गीत संगीत सहित ‘भिजिट नेपाल २०२०’को समेत प्रचार गर्ने रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजुले जानकारी दिए ।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू