आनद्वारा एड क्लव अफ नेपालको नयाँ कार्यसमिति गठन

काठमाडौँ – नेपाल विज्ञापन संघले एड क्लव अफ नेपालको नयाँ कार्यसमिति गठन गरको छ । नेपालमा विज्ञापन व्यवसायी, विज्ञापनकर्मी, विज्ञापन श्रर्जक, विज्ञापनदाता, विज्ञापन बजारका विद्यार्थी र व्रान्डसँग सम्बन्धित व्यक्तिहरुलाई समेट्ने अभिप्रायले यो क्लव गठन गरेको आनका अध्यक्ष तथा क्लबका गर्भनर रविन्द्र कुमार रिजालले बताए ।

नवगठित कार्यसमितिको ज्वाइन्ट गर्भनरमा महेन्द्र श्रेष्ठ र सुजनराजा श्रेष्ठ नियुक्त भएका छन् । उक्त कार्यक्रममा नवनियुक्त ज्वाइन्ट गर्भनर महेन्द्र श्रेष्ठले एड फेटरनिटिमा खड्किएको जनशक्तिको समस्यालाई हल गर्न तर्फ क्लबले पहल गर्ने बताए ।

एड क्लव अफ नेपालमा डेपुटि गभर्नरमा सुदिप रेग्मी तथा कार्यकारी सदस्यहरुमा विराट श्रेष्ठ, शरद शाही र अनन्त राज घिमिरे रहेका छन् । एड क्लव अफ नेपाल आनको भगिनि सस्था हो ।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्