ब्राउन सुगरसहित सिरहाबाट एकजना पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम– प्रहरीले सिरहाबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका वडा नं. ५ का २० वर्षीय इन्द्रजित यादव रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

यादवलाई शुक्रवार नरहा गाउँपालिका वडा नं. ५ हनुमानचौकबाट प्रहरीको गस्ती टोलीले प्लाष्टिकको ४६ वटा सानो पोकामा तयार गरेर राखेको २ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ।

यस्तै बिहिवार साँझ सिरहा प्रहरीले दुई जना युवालाई लागुऔषधसहित पक्राउ गरेको थियो।

प्रहरीले सिरहाका बरीयारपट्टी गाउँपालिका वडा नं. १ का २० वर्षीय अशोककुमार यादव र वडा नं. २ का १६ वर्षीय आनन्दकुमार यादवलाई ४० एम्पुल फेनारगन, ३९ एम्पुल डाइजिल्याव र नोफिन ३८ एम्पुलसहित नियन्त्रणमा लिएको थियाे।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्