ज्युरासिक वर्ल्डको नयाँ श्रृंखलामा नेपालमा जन्मिएकी डिचेन

कल्पित विज्ञानमा आधारित चलचित्र ‘ज्युरासिक वर्ल्ड’ को तेस्रो श्रृंखलामा नेपालमा जन्मिएकी डिचेन ल्याचम्यानले काम गर्ने भएकी छन्। ‘युनिभर्सल एण्ड अम्बलिन इन्टरटेनमेन्ट’ को प्रस्तुति ‘ज्युरासिक वर्ल्ड–३’ मा डिचेनले अभिनय गर्न लागेकी हुन्।

उनले योभन्दा अगाडि कल्पित विज्ञानमा आधारित टेलिभिजन श्रृंखला डलहाउस र सेररामा काम गरीसकेकी छन्। अमेरिकन टेलिश्रृंखला ‘बिइङ ह्यूमन’ को अष्ट्रेलियन रिमेकमा उनले सुरेनको भूमिका निर्वाह गरेकी थिइन्। उनले सन् २०१४ बाट ‘लस्ट फर लभ’ नामको चलचित्रमा काम गरेर चलचित्र क्षेत्रमा आफ्नो करियर सुरु गरेकी थिइन्।

ल्याचमन सन् १९८२ मा काठमाडौँमा जन्मिएकी हुन्। उनी ८ वर्षसम्म नेपालमा नै हुर्किएकी हुन्। उनी सन् १९९० मा परिवारसँ अष्ट्रेलिया गएकी हुन्। उनकी आमा ‘टिबेटियन नेपाली’ हुन् भने बाबा जर्मन।

यो चलचित्र सन् २०२१ को जुन ११ मा प्रदर्शन हुँदैछ।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्