भोलिदेखि सुरु हुने प्रदेश एक्स्पोको तयारी पूरा

दाङ– प्रदेश ५ स्थापना दिवसको अवसरमा दाङको बेल्झुण्डिमा सुरु हुने प्रदेश एक्स्पोको तयारी पूरा भएको छ।

एक्स्पो आयोजना हुने स्थलमा प्रदेश एक्स्पो सचिवालयले शनिबारदेखि शुरु हुने एक्स्पोको तयारी पूरा भएको जानकारी दिएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले एक्स्पोमा सरकारी र व्यापारीक स्टल रहने जानकारी दिए। १२ जिल्लाबाट झाँकि र सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिने छ।

एक्स्पो फागुन १२ गते सम्म चल्नेछ।

फाल्गुन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्