पारासाइटले ओस्कार अवार्ड पाएको ट्रम्पलाई मन परेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो वर्षको ओस्कार अवार्ड दक्षिण कोरियाली चलचित्रले जितेको मन परेको छैन । ट्रम्पले चुनावी अभियानको क्रममा सर्वोत्कृष्ट चलचित्रको ओस्कार अवार्ड पारासाइटले जितेकोमा अनसन्तुष्टि व्यक्ति गरेका हुन् ।

दक्षिण कोरियाली चलचित्र पारासाइटले यो वर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । ओस्कारको ९२ वर्षको इतिहासमा गैरअंग्रेजी भाषाको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको यो पहिलो पटक हो ।

कोलोराडोमा भएको चुनावी ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘यो वर्षको ओस्कार अवार्ड कति खराब थियो, तपाईँहरुले हुर्ने भयो ? एण्ड द विनर इज…दक्षिण कोरियाली चलचित्र, खासमा के थियो त्यो ? दक्षिण कोरियासँग हाम्रो व्यापारिक सम्बन्धमा धेरै समस्या छ । यस्तो परिवेशमा उनीहरुलाई नै सर्वोत्कृष्ट चलचित्रको अवार्ड दिइयो ?’

ट्रम्पले पारासाइट राम्रो चलचित्र हो या होइन थाहा नभएको बताए । उनले भने, ‘म लाग्छ त्यो राम्रो चलचित्र होला, राम्रो विदेशी भाषाको चलचित्र…तर सर्वोत्कृष्ट भने होइन । विगतमा यस्तो कहिले भएको थियो ?’

फाल्गुन १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्