घोराहीको गुम्रा चोकमा दुईवटा घोडाको प्रतिमा

दाङ – घोराही उपमहानगरपालिकाले घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा राखेको छ । उपमहानगरले वडा नम्बर १४ र १५ को सिमाना गुम्रा चोकमा दुईवटा घोडाको प्रतिमा राखेको हो ।
शनिबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोडाको प्रतिमा अनावरण गरेका हुन् । सवारी साधन नहुदा घोडा सवारी साधनको रुपमा लिइन्थ्यो ।
तर, पछिल्लो समय घोडाको सवारी हराउँदै गएको छ । घोराहीलाइ घोडा बाध्ने ठाउँको रुपमा प्रयोग गरिदै आएको र इतिहास सम्झन घोडाको प्रतिमा राखिएको हो ।