भारतीय विमानस्थलहरुमा काठमाडौँबाट जाने यात्रुलाई विशेष स्क्रिनिङ

भारत सरकारले कोभिड-१९ का कारण सिंगापुर भ्रमणमा सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ भने काठमाडौँबाट आउने विमानहरुका यात्रुहरुलाई पनि विशेष स्क्रिनिङ गर्ने तयारी गरेको छ।

मन्त्रिपरिषद्का सचिवको नेतृत्वमा भएको बैठकले अत्यन्त आवश्यक काममा बाहेक सिंगापुर नजान नागरिकहरुलाई सुझाव दिएको हो। त्यस्तै काठमाडौँ, इन्डोनेसिया, भियतनाम र मलेसियाबाट आउने यात्रुहरुलाई पनि ‘युनिभर्सल’ स्क्रिनिङ गर्ने तयारी गरेको हो।

शनिबारसम्म २१ हजार ८ सय ५ यात्रुलाई निगरानीमा राखिएको छ भने ४ लाखभन्दा बढी यात्रुको स्क्रिनिङ गरिसकिएको छ।

कोभिड-१९ नाम दिइएको कोरोना भाइरस फैलिइरहेका कारण भारत सरकारले सिंगापुर यात्रामा विशेष सावधानी अपनाउन र काठमाडौँसहितका स्थानबाट आउने यात्रुलाई विशेष जाँच गर्ने योजना बनाएको हो।

फाल्गुन १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्