लेस्टरमाथि म्यानचेस्टर सिटीको जितमा जिसस नायक

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले दोस्रो स्थानको होडमा रहेको लेस्टर सिटीलाई पराजित गरेको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले १–० को जित निकालेको हो ।

म्यानचेस्टर सिटीको जितमा ८० औँ मिनेटमा गाब्रिएल जिससले गरेको गोल नै निर्णायक बन्यो । लेस्टरले गोल गर्ने केही मौका बनाए पनि सफल हुन सकेन । जितपछि दोस्रो स्थानको म्यानचेस्टर सिटीको २७ खेलबाट ५७ अंक भएको छ । तेस्रो स्थानमा रहेको लेस्टरको ५० अंक छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा बर्नलीले बोर्नमाउथलाई ३–०, क्रिष्टल प्यालेसले न्यूक्यासललाई १–० तथा साउथह्याम्प्टनले एस्टन भिल्लालाई २–० ले पराजित गरेका छन् । यस्तै शेफिल्ड युनाइटेड र ब्राइटनले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

फाल्गुन ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्