१५ दिने मिथिला मध्यमा परिक्रमा आरम्भ

जनकपुरधाम– आइतबारबाट मिथिला माध्यमा परिक्रमा सुरु भएको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला उठाएर परिक्रमाको आरम्भ गरे।आइतबार धनुषाको मिथिला विहारी नगरपालिकामा मिथिला विहारी भगवानको डोला प्रस्थान तथा प्रवेशद्वार उद्घाटनलाई सम्बोधन गर्दै दाहालले मिथिला मध्यमा परिक्रमाले दुई देशबीचकाे साँस्कृतिक आदन–प्रदानसँगै पर्यटनका लागि महत्वपूण रहेको बताए। परिक्रमाको अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको थियो।

फागुन शुक्ल औंसीको दिन कचुरीबाट मिथिला विहारीको डोला लिएर सुरु भएको परिक्रमा साँझसम्म जनकपुरधामस्थित रत्नसागर मन्दिर पुग्दै हनुमाननगरमा विश्राम गरी सोमबार बिहानै भारतको कलनास्थित कल्याणेश्वर मन्दिरको लागि प्रस्थान गर्नेछ।धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी जम्मा १ सय २० किलोमिटर भू–भागको यात्रालाई मिथिला माध्यमा परिक्रमा भन्ने गरिन्छ।

फाल्गुन ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्