फागुन १७ गते ‘वीरगञ्ज म्याराथन’

वीरगञ्ज– विरगञ्जमा आगामी फागुन १७ गते ‘वीरगञ्ज म्याराथन’ हुने भएकाे छ।

‘एकताको लागि दौड र स्वच्छ देश—स्वस्थ्य मधेश’ भन्ने मुल नाराका साथ हुन लागेको म्याराथनको सम्पूर्ण तयारी पूरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।

नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा वीरगञ्ज महानगरपालिका, भिजिट नेपाल २०२०, प्रदेश २ र वीरगञ्ज उद्योग वाणिज्य संघको सह–आयोजनामा म्याराथन हुन लागेको वीरगञ्जका मेयर विजय सरावगीले बताए।

प्रदेश नम्बर २ मै पहिलो पटक हुन लागेको म्याराथन दौडमा ६ हजारभन्दा बढीको सहभागिता रहने आयोजकको दावी छ।

म्याराथनमा सहभागि हुने करिब ४ हजार एक सय जनालाई निःशुल्क रुपमा टिसर्ट र क्याप वितरण गरिने नेपाली सेनाका जरनल अनुपजंग थापाले जानकारी दिए।

म्याराथन प्रतियोगिता संचालनको लागि ७५ लाख खर्च हुने आयोजकले जनाएको छ। म्याराथनमा प्रथम हुनेलाई दुई लाख नगद पुरुस्कार प्रदान गरिनेछ। म्याराथनका लागि रजिष्ट्रेशन खुल्ला गरिएको आयोजकले जनाएको छ।

फाल्गुन ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्