आर्सनलको सुधारिकएको प्रदर्शन, पहिलो मिनेटमै गोल खाए पनि पुनरागमन

मिकेल आर्तेताको टिम आर्सनलले पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्दै आएको छ । लगातार खराबर नतिजाका कारण समस्यामा देखिएको आर्सनलले पछिल्ला केही खेलदेखि भने राम्रो प्रदर्शनको क्रम जारी राखेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले एभर्टनलाई ३–२ ले पराजित गरेको हो । आर्सनलको जितमा पिएर एमरिकले दुई तथा एनकेटिआले एक गोल गरे ।

यस्तै एभर्टनका लागि क्याल्भर्ट–लेविन र रिचार्लिसनले गोल गरे । आर्सनलका एनकेटिआले २७ औँ मिनेटमा गोल गरेर आर्सनललाई बराबरीको अवस्थामा ल्याएका हुन् । खेलको पहिलो मिनेटमा नै क्याल्भर्ट–लेविनले एभर्टनका लागि गोल गरेका थिए ।

पिएर एमरिकले ३३ र ४६ औँ मिनेटमा गोल गरे । रिचार्लिसनले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा गोल गरेका थिए एभर्टनका लागि ।

जितपछि नवौँ स्थानमा उक्लिएको आर्सनलको २७ खेलबाट ३७ अंक भएको छ । आइतबार राति नै भएको अर्को खेलमा वुल्भ्सले नर्विच सिटीलाई ३–० ले पराजित गरेको छ । जितपछि वुल्भ्स ३९ अंकसहित आठौँ स्थानमा उक्लिएको छ ।

फाल्गुन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्