बदली, मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना कुन क्षेत्रमा?

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ।

अहिले देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।

राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।

मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

फाल्गुन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्