
फेरि फसेँ कि
उखान खोजीराछु,
निशब्द भएँ ।।
यो अज्ञानता
अभिमानी दम्भमा
झाँगिएसरी !
‘हेली’मा केक
केकको एक ‘टेक’
भएँ उदेक !
गाउँ सम्झदा
ढङ्ग पुगेन मेरो
केकले डाम्यो ।।
चिसो केकले
भत्भति पोलेपछि
जिब्रोमै घाउ !
नखानु ‘केक’
शत्रु पो हसाउँछ
मित्र टाढिन्छन् ।।
प्रदेशहरु
नक्शाको केक हैन
अन्धता काट्नू !
अबको यात्रा
कर्मबाट शब्दमा
सुल्टो सुनिन्छ ।।
सुल्टो सुनिदा
उल्टो पो देखिन्छ कि
डर लाग्दैछ ।।
‘देश’ (केक) काटेर
चाखेको मात्र त हो
पच्दै पचेन ।।
खण्डखण्डमा
अखण्ड कहाँ देख्यौ ?
केकमा हेर्नु !
पुर्खाको नासो
अंशबण्डा गर्दैछु
‘पृथ्वी ए कता’ ?
केक मिठो कि
होली वाइन चर्को ?
‘बर्थ डे ब्वय’ !