वडाध्यक्षको अनशनलाई सघाउन कांग्रेसले आयोजना गर्‍यो चितवन बन्द

चितवन- नेपाली कांग्रेस चितवनले फागुन १५ गते चितवन बन्द आह्वान गरेको छ।

निकुञ्ज ऐन संशोधनलगायतका माग गर्दै अनशनरत माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको जीवन रक्षाका लागि दबाब दिन घोषणा गरिएको चरणवद्ध आन्दोलन आन्दोलनको कार्यक्रम अनुरुप फागुन १५ गते चितवन बन्दको आह्वान गरेको हो।

कांग्रेसको चरणबद्ध कार्यक्रम अनुसार सोमबार दिउँसो १ बजेदेखि २ बजेसम्म भरतपुरको चौविसकोठीमा चक्काजाम समेत गरिएको थियो।

यस्तै आन्दोलनका कार्यक्रम अनुसार मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म धर्ना कार्यक्रम, फागुन १४ गते बेलुका ६ बजे लायन्सचोकबाट पुल्चोक नारायणगढसम्म मसाल जुलुस निकालिने काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिएका छन्।

अनशनरत वडाध्यक्ष पौडेलको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

फाल्गुन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्