वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबिच खाता सञ्चालन सम्बन्धी सम्झौता

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सामाजिक सुरक्षा कोषबिच खाता संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक समारोहकाबिच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आवद्ध भएका रोजगारदाताहरुले आफ्नो श्रमिकको योगदानबाट कट्टा हुने आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताहरुले आफ्नो तर्फबाट योगदान गर्ने रकम २० प्रतिशत समेत गरी जम्मा ३१ प्रतिशत रकम मध्ये विभिन्न योजना अन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्था बिच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनको लागि थप सघाउ पुग्ने बताए ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको उद्धेष्य तथा महत्वको बारेमा प्रकाश पारे ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले सामाजिक सुरक्षा कोषलाई आधुनिक प्रविधि सहितको बैंकिङ्ग सेवा दिने बताए ।

फाल्गुन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्