नेपाल टेलिकमको प्रवक्तामा जोशी नियुक्त

काठमाडौँ-नेपाल टेलिकमको प्रवक्तामा राजेश जोशी नियुक्त भएका छन्।

कम्पनीले केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई कम्पनीको प्रवक्तामा मंगलबार नियुक्त गरेको हो।

यसअघि टेलिकमको प्रवक्तामा प्रतिभा वैद्यले जिम्मेवारी समाल्दै आएकी थिइन्।

फाल्गुन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्