सिद्धार्थ बैंक बन्‍यो ‘नेपाल स्टार’ को बैकिङ्ग पार्टनर

काठमाडौँ–नेपाली रियाली शो ‘नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ।

काठमाडौँमा एक कार्यक्रम गरी ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरे सिद्धार्थ बैंक बनेको हो।

नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीचसाझेदारीपत्रमा हस्ताक्षर भएको छ।

यसका कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन (एनटिभी) का महाप्रबन्धक गोविन्द रोक्काले सहमतिमा ऐक्ववद्धता जनाएका छन्।

यस्तै कार्यक्रम अयोजक कि एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्रकुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए।

उनले नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने समेत बताए।

उनले भने ‘स्पष्ट र बुलन्द आवाजमा फुल एचडी मा प्रशारण नेपाल टेलिभिजनको यस कार्यक्रममा सिद्धार्थ र्बैकलाई स्वागत गर्न पाउदा नेपाल टेलिभिजन गौरवान्वित छ र सधै यस्ता कार्यक्रममा सिद्धार्थ र्बैकलाई सदैव स्वागत गर्दछ।’

यस किसिमका राष्ट्रिय स्तरको कार्यक्रमबाट देशको कुना कन्दरामा रहेका, तर अवसर नपाएका प्रतिभावानहरुलाई अवसर दिइनुपर्ने उनले बताए।

नेपाल टेलिभिजनबाट प्रशारण हुने नेपाल स्टारमा बैंकिङ्ग पार्टनरको रुपमा सहकार्य गर्न पाउदा सिद्धार्थ बैक गौरव महशुस गरेको बैंकले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले सदैव यस्ता राष्ट्रिय स्तरका कार्यक्रमहरुमा साथ दिन तत्पर रहेको बताए।

यस्तै नेपाल स्टारको निर्णायक बरिष्ठ संगीतकार आलोकश्रीले गायनबाट उत्कृष्ट गायन छान्ने यस कार्यक्रमले कलाको उच्च कदर गर्ने कुरा बताए।
उक्त शोमा बरिष्ठ संगीतकार आलोकश्री, गायिका अन्जु पन्त र गायक रामकृष्ण ढकाल निर्णायक मण्डलमा रहने छन्।

नेपाल टेलिभिजनबाट प्रशारण हुन लागेको यो कार्यक्रमले नव आगन्तुक कलाकारलाई स्वागत गाययिका अन्जु पन्तले बताइन्।
यस्तै गायक रामकृष्ण ढकाले कार्यक्रमले निश्चय पनि राम्रो कलाकार जन्माउन सफल हुनेछ र हामी यही प्रयासस्वरुप लागि परेका बताए।

फाल्गुन १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्