एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज्‌बीच सम्झौता

काठमाडौं- एभरेष्ट बैंक लिमिटेड र सोल्टी इन्टरप्राइजेज् प्रालीबीच एभरेष्ट बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने साझेदारी भएको छ।

काठमाडौमा बुधबार एक कार्यक्रमको आयोजना गरी बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट पाउने बैंक र सोल्टी इन्टरप्राइजेज् प्रा.लि.बीच साझेदारी भएको हो।

उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्ने तथा ‘सभिर्स वीथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ।

बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमबाट सेवा प्रदान गदै आइरहेको छ।

फाल्गुन १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्