साकार नहुने भय तोडेर डेविड बेकह्यामको सपना पूरा हुँदै

साकार हुँदैन कि भन्ने भयको यात्रा पूरा गरेर अन्ततः डेविड बेकह्यामको सपना पूरा हुने भएको छ । अमेरिकी मेजर लिग सकर क्लब इन्टर मायामीले पहिलो खेल खेल्दैछ आइतबार ।

बेकह्यामको टिम इन्टर मायामीले आइतबार लस एन्जलस फुटबल क्लबसँग आइतबार पहिलो आधिकारिक खेल खेल्ने भएको हो । पहिलो खेलको तयारीमा रहेको आफ्नो टिमको यो यात्रा कुनै समय बिचमै तुहिन्छ कि जस्तो लागेको बेकह्यामले बताएका छन् ।

बेकह्यामले ६ वर्षअघिदेखि एमएलएस क्लब सिर्जना गर्ने या किन्ने प्रयास गरेका थिए । उनी सन् २००७ मा रियल मड्रिडबाट एमएसएल क्लब गएपछि सोही लिगमा आफ्नो क्लब किन्न चाहेका थिए ।

इंग्ल्याण्डका पूर्व कप्तान बेकह्यामले २५ औँ एमएलएस सिजनको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा भने, ‘यो अति लामो यात्रा भयो । मैले कहिले छोडेर हिँड्न चाहिन तर सपना पूरा हुँदैन कि भन्ने क्षणहरु आए ।’

फाल्गुन १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्