मिस नेपालको प्रशारण अधिकार कान्तिपुर टेलिभिजनलाई

काठमाडौँ – सौन्दर्य प्रतियोगिता मिस नेपाल कान्तिपुर टेलिभिजनमा प्रशारण हुने भएको छ। हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेपालको २४ औँ सँस्करणको प्रशारण अधिकार कान्तिपुर टेलिभिजनले पाएको हो।

प्रतियोगीताको आयोजक र कान्तिपुर टेलिभिजनबिच भएको सम्झौता भएको छ। मिस नेपालको आयोजक हिडेन ट्रेजर र कान्तिपुर टेलिभिजनबिच यसअघि नै भएको सम्झौता बुधबार सार्बजनिक गरिएको कान्तिपुर टेलिभिजनका स्टेसन हेड दिनेश डीसीले जानकारी दिए।

सो सम्झौतासंगै प्रतियोगीताले थप उचाई लिने स्टेशन हेड डिसीको भनाई छ।

२४ औँ संस्करणको लागि विभिन्न ९ स्थानमा अडिसन हुनेछ । झापाको विर्तामोढ, सुनसरीको धरान, पर्साको वीरगञ्ज, काठमाडौँ, चितवनको भरतपुर, रुपन्देहीको बुटबल, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा अडिसन हुनेछ । १९९४ बाट हुँदै आएको मिस नेपालका लागि आयोजकले अनलाईन दर्ता पनि खुल्ला गरिसकेको छ ।

फाल्गुन १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्