शानदार जितसहित म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

म्यानचेस्टर युनाइटेड शानदार जितसहित युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ को दोस्रो लेग अन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले क्लब ब्रुगलाई ५–० ले पराजित गर्दै समग्रमा ६–१ को जितसहित प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

पहिलो लेगमा म्यानचेस्टर युनाइटेड १–१ को बराबरीमा रोकिएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा युनाइटेडका लागि फ्रेडले ८२ र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे।

यस्तै ब्रुनो फेर्नान्डेसले २७ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । इग्हालोले ३४ तथा म्याकटोमिनीले ४१ औँ मिनेटमा गोल गरेका हुन् । २२ औँ मिनेटमा डेली सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्लब ब्रुग अधिकांश समय १० खेलाडीमा सीमित भयो ।

फाल्गुन १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्