ओलीले नेपाललाई भने, 'म मेरो निर्णयबाट पछि हट्दिन तपाइहरु जे गर्नुहुन्छ, गर्नुस्'

राष्ट्रियसभामा युवराज खतिवडालाई लैजाने ओलीको अडान कायमै

काठमाडौं-नेकपाभित्रको खिचातानीलाई दुवै पक्षका विजयीका रुपमा प्रस्तुत गर्ने प्रयासका क्रममा वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ सम्झौता सूत्र पार्टी अध्यक्ष केपी ओली शर्मा ओली समक्ष प्रस्तुत गरेका छन्। तर अध्‍यक्ष ओलीले शुक्रबार पनि राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवाडालाई लग्‍ने आफ्नो अडान सुनाएर नेपाललाई निराश फर्काएको स्रोतले बतायो।

नेता नेपालले केन्द्रीय सचिवलायको निर्णय अनुसार नेता वामदेव गौतमलाई नै राष्ट्रिय सभाको सदसयमा मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारि गर्न आग्र गरेका थिए। यस्तै नेता नेपाललाई सांसदमा नरहेपछि पनि थप ६ महिनासम्म मन्त्री खतिवडालाई निरन्तरता दिन सक्‍ने भएकाले गौतमलाइ राष्ट्रिय सभामा लैजान आग्र गरेका थिए।

नेता नेपालको त्यो आग्रह विहान खुमलटारमा बसेको नेता नेपाल ,पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता गौतमसहितको बैठकको निष्कर्ष स्वरुप थियो। तर ओलीले ‘म मेरो निर्णयबाट पछि हट्दिन तपाइहरु जे गर्नुहुन्छ गर्नुस्’ भन्दै नेपलाइ फिर्ता पठाएका हुन्।

तीन दिनअघि नेकपाको केन्द्रीय सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।तर त्यो निर्णयमा ओलीको समर्थन रहे पनि त्यसको केही घण्टामै उनले गौतमलाई नभइ अर्थमन्त्री खतिवडलाइ निरन्तरता दिने निर्णयमा आफू पुगेको भन्दै नेपाललाइ फोनबाटै चेावनी दिएका थिए।

आफूविरुद्ध आफ्नै पार्टीका नेताहरुले षडयन्त्र गरेको भन्दै ओलीले पार्टी निर्णय उल्ट्याउने प्रयास गरेपछि नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ।

फाल्गुन १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्