नेकपाभित्रकाे बढ्दो गुटबन्दी सरकारविरुद्धकाे षड्यन्त्र: रक्षामन्त्री पाेखरेल

फाइल तस्बिर।

मोरङ– नेकपाभित्रको बढ्दो गुटबन्दीलाई सरकारभित्रको षडयन्त्रपूर्ण खेलको रुपमा लिएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन्।

शुक्रबार साँझ विराटनगर विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा मन्त्री पोखरेलले पार्टीभित्रको पछिल्लो वातावरणबाट सरकार कुनै हालतमा नडमगाउने उल्लेख गरे।

उनले भने, ‘अहिलेको सरकार नै पाँचवर्षका लागि निर्धक्क रुपमा चल्छ। यसमा कुनै शंका छैन।’

संक्षिप्त कुराकानीका क्रममा सरकार असफल हुँदै गएको हाे ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले सरकार पूर्णरुपमा आफ्नो हैसियतमा रहेको र रहिरहने दाबी गरे।

सोही क्रममा मन्त्री पोखरेलले कोही एक व्यक्तिका लागि मात्र संविधान संशोधन हुन नसक्ने स्पस्ट पारेका छन्। ‘एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने वा नबनाउने, राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री हुने वा नहुने भन्ने सन्दर्भलाई लिएर संविधान संशोधन हुन सक्दैन’, उनले भने।

पछिल्लो समय नेकपामा देखिएको तरंगित वातावरणलाई मत्थर पार्ने क्रममा मन्त्री पोखरेलले अभ्यास, अनुभव र औचित्यका आधारमा संविधान संशोधन हुनेमा जोड दिए।

फाल्गुन १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू