नर्विच रेलिगेशनबाट जोगिने सम्भावना, लेस्टर स्तब्ध

रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको नर्विच सिटीले इंग्लिस प्रियिमर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा जित निकाल्दै प्रिमियर लिगमै रहने सम्भावना जीवित राखेको छ ।

लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा पुछारको टिम नर्विच सिटीले तेस्रो स्थानको लेस्टर सिटीलाई १–० ले पराजित गरेको हो ।

नर्विचको जितमा ७० औँ मिनेटमा लेविसले गरेको गोल नै निर्णायक बन्यो । जितपछि नर्विचको २८ खेलबाट २१ अंक भएको छ । तेस्रो स्थानको लेस्टरको भने ५० अंक रहेको छ ।

फाल्गुन १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्