पिएसजीको शानदार जित, एमबाप्पेले गरे दुई गोल

पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित निकालेको छ । पिएसजीले डिजोनलाई ४–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि केलियन एमबाप्पेले दुई तथा साराबिया र आइकार्डीले एक–एक गोल गरे । साराबियाले तेस्रो मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका हुन् ।

एमबाप्पेले ७४ औँ मिनेटमा गोल गरे । त्यसको दुई मिनेटपछि आइकार्डीले गोल गरे । एमबाप्पेले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेपछि पिएसजीले डिजोनलाई ४–० ले पराजित गरेको हो ।

जितपछि शीर्षस्थानको पिएसजीको २७ खेलबाट ६८ अंक बनाएको छ । उ दोस्रो स्थानको मार्सेइली भन्दा १३ अंकले अघि रहेको छ ।

फाल्गुन १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्