महोत्तरीको मनरा सिसवामा गोली चल्यो, एकजना घाइते

सांकेतिक तस्बिर ।

जनकपुरधाम – महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन्।

महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्बर ३ मा अज्ञात समूहले गोली प्रहार गर्दा स्थानीय ६१ वर्षीय सौर्यप्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

घाइते यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाल्गुन १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्