डा. प्रेम ज्ञवाली नेतृत्वको टोलीले गर्दै छ प्रधानमन्त्री ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ- दोस्रो मिर्गौला प्रत्यारोपणका लागि सोमबार राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना हुन लागेका प्रधानमन्त्री केपी ‌ओलीलाई डा. प्रेम ज्ञवाली नेतृत्वको टोलीले उपचार गर्नेछ।

विदेशका अस्पतालहरुमा दोस्रो मिर्गौला प्रत्यारोपण गर्ने सम्भावनाबारे छलफलपश्चात प्रधानमन्त्री ओलीको मिर्गौला नेपालमै प्रत्यारोपण गर्न लागिएको हो।

यसअघि उनको १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको प्रत्यारोपित मिर्गौलाको कार्याक्षमतामा ह्रास आएपछि केही महिनायता उनले नियमित डायलासिस गर्दै आएका थिए।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार नै टिचिङअस्पतालमा भर्ना हुने भएका छन्।

फाल्गुन १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्