जो बाइडेनलाई मेयर पिट् बुटजजको समर्थन

उम्मेदवारीको होडबाट पछि हटेका पिट् बटजजले राष्ट्रपति उम्मेदवारमा पूर्व उपराष्ट्रपति जो बाइडेलाई समर्थन गरेका छन् । इन्डियानाको साउथबेण्डका पूर्व मेयर पिटले आइतबार आफ्नो चुनावी अभियान अन्त्य गरेको घोषणा गरेका थिए ।
उनले नेपाली समय अनुसार मंगलबार बिहान (स्थानीय समय अनुसार सोमबार बेलुका) टेक्सासको डालासमा भएको जो बाइडेनको चुनावी ¥यालीमा सहभागी भएका पिटले समर्थकलाई सम्बोधन गर्दै आफ्नो समर्थन घोषणा गरेका हुन् ।
सम्बोधनका क्रममा मेयर पिटले भने, ‘मेरो अभियान कहिले पनि मै राष्ट्रपति बन्नु पर्छ भन्नका लागि थिएन । डेमोक्र्याटिक भ्यालुका लागि थियो मेरो उम्मेदवारी र डोनाल्ड ट्रम्पलाई पराजित गर्नका लागि थियो, त्यो नेता पूर्व राष्ट्रपति र चाँडै राष्ट्रपति बन्ने जो बाइडेनमा पाएको छु ।’
उनले अहिलेको पुस्ता र आउँदो पुस्ताका लागि अमेरिका राम्रो तथा सुरक्षित देश बनाउनका लागि बाइडेनलाई राष्ट्रपति बनाउनका लाग्न अपिल गरे ।
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत पनि आफ्नो समर्थन बाइडेनमा रहेको उल्लेख गरेका छन् । बाइडेनसँगको ‘क्यानडिड’ तस्बिर पोस्ट गरेर उनले लेखेका छन्, ‘उपराष्ट्रपति जो बाइडेनसँग उभिन पाउँदा म खुशी छु र सहयोग गर्नु होस् कि उहाँलाई हाम्रो कमाण्डर–इन–चिफ बनाउन ।’
उम्मेदवारीको होडबाट बाहिरिएकी एमी क्लोबुसरले पनि जो बाइडेनलाई समर्थन गर्ने बताइएको छ ।
The only way we beat Trump is through a politics that reflects the decency of the American people. It’s what we sought to practice in my campaign—and it’s what @JoeBiden has practiced his whole life.
I’m proud to stand with the VP and help make him our next Commander-in-Chief. pic.twitter.com/Y9SqDLZS0g
— Pete Buttigieg (@PeteButtigieg) March 3, 2020