बसन्तपुरमा ठड्याइयो लिङ्गो (फोटो फिचर)

सुरु भयो रंगहरुको उत्सव होली

फागु पर्वको औपचारिक सुरुवात भएको घोषणाका रुपमा लिइने लिङ्गो बसन्तपरमा मंगलबार बिहान ठड्याइएको छ । तस्बिरहरु : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ – रंगहरुको उत्सव होली अर्थात फागु पर्व औपचारिक रुपमा सुरु भएको छ । काठमाडौँको बसन्तपुरमा मंगलबार बिहानको शुभसाइतमा होलीको लिंगो ठड्याएसँगै पर्व सुरु भएको हो ।

रंगिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो।

हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ । यो वर्षको होली पहाडका जिल्लामा आउँदो सोमबार र तराईका जिल्लामा मंगलबार मनाईँदै छ ।

फाल्गुन २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू