पोखरीमा डुबेर डेढ वर्षे बालकको मृत्यु

फाइल तस्बिर

पर्सा – पोखरीमा डुबेर मंगलबार पर्साको पोखरिया नगपालिकामा एक बालकको ज्यान गएको छ । पोखरीमा डुबेर पोखरिया नगरपालिका वडा नम्बर ५ पोखरिया टोलकै राजेश चौहानका डेढ वर्षे छोरा विकास चौहानको ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहान ८ बजे पोखरीको डिलमा खेरिहेको बेला बालक विकास पोखरीमा खसेका थिए । पोखरीमा डुबेका बालकलाई तत्कालै उद्धार गरि उपचारका लागि वीरगञ्जको हेल्थ केयर अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।

फाल्गुन २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्