नयाँ प्रविधिकाे जानकारी दिन बाँकेमा क्यान इन्फोटेक मेला

नेपालगञ्ज– कम्प्युटर एशोसियशन नेपाल (क्यान)महासंघ बाँकेको आयोजनामा मंगलबारदेखि नेपालगञ्जमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) सुरु भएको छ।

फागुन २४ गतेसम्म चल्ने मेलामा नयाँ प्रविधिको प्रयोग र उपलब्धीहरुबारे जानकारी दिइने क्यान बाँकेका अध्यक्ष रमणीप्रसाद शर्माले बताए।

९० वटा स्टल राखिएको प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिष्ट्रिब्यूटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आइसिटी कलेज, शैक्षिक परामर्श केन्द्र, ट्रेनिङ इन्स्टिच्यूट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानीय विद्यार्थीले बनाएका प्रविधियुक्त हार्डवेयर र सफ्टवेयरसँग सम्बन्धित सामाग्रीका स्टलहरु रहेको शर्माले जानकारी दिए।

मेलाको उद्घाटन गर्दै ५ नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्तिले विज्ञान र प्रविधिको उचित प्रयोग गर्दा देशले विकासमा फड्को मार्न सक्ने बताए। उनले भने, ‘प्रविधिको सही प्रयोग गर्नुपर्छ। प्रविधिले राम्रो मात्रै होइन, विनाश पनि गरिरहेको छ।’

फाल्गुन २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्