फोनपेले सिभिल मलमा मोबाईल बैंकिङ मेला सञ्चालन गर्ने

काठमाडौँ-नेपालको भुक्तानी नेटवर्क फोनपेले राजधानीमा रहेका प्रमुख मलहरूमा मार्च महिनामा मोबाईल बैंकिङ मेला सञ्चालन गर्ने भएको छ। फोनपेले काठमाडौँको सिभिल मलमा मार्च ८ मा मोबाईल बैंकिङ मेला सञ्चालन गर्ने भएको हो।

कम्पनीले यसअघि डिजिटल वित्तीय सेवामा जडान गर्ने उदेश्यले आइप्लेक्स् मलमा मोबाईल बैंकिङ मेला राजधानीको चावहिलस्थित् केएल टावरमा दोस्रो मेला सम्पन्न गरेको हो।

उक्त मेलामा बैंकहरूले प्रदान गरेको सेवा प्रयोगकर्ताले मोबाईल फोन मार्फत बैंक भुक्तानी, फण्ड ट्रान्स्फर, स्टेटमेन्ट जाँच लगायतका थुप्रै सेवा लिन सकिने कम्पनीले जनाएको छ।

यस्तै मोबाईल बैंकिङ मार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिने र स्क्यान टु पे सुविधा मार्फत बिजुलीको महशुल, टेलिफोन बिल भुक्तानी ,हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल लगायतका सेवा सरल र सहज रुपमा लिन सक्ने कम्पनीले जानकारी दिएको छ।

यस्तै मेला एउटा अन्तरक्रियात्मक कार्यक्रम हुनु्का साथै रोचक खेलहरूका साथमा सहभागीले थुप्रै पुरस्कार जित्न सक्नेछन्। मेलामा सहभागी सबैजना मध्येबाट एक जनाले बम्पर उपहारका रूपमा ५० हजार रूपैयाँ जित्न सक्र्ने कमपनीले जनाएको छ तर बम्पर उपहार विजेता भने मेलाको अन्तिममा घोषणा गरिने कम्पनीले जानकारी दिएको छ।

यस योजनामा सहभागीहरू फोन पेको अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा पनि सहभागि हुन् सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कुनै पनि मोबाईल बैंकिङ प्रयोगकर्ता आफनो बैंकको मोबाईल बैंकिङ एपमार्फत क्युआर स्क्यान टुपे मार्फत कारोबार गरी यस योजनामा सहभागी हुनुका साथै योजना जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २ सम्म सञ्चालन हुने छ।

यस्तै उपहार विजेता दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जनाग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन्।यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन्।

यस उपहार योजनामा हरेक महिना एक जनाग्राहक र मर्चेन्टले डिजिटल लक्की ड्र मार्फत दुबई ट्रिप जित्न सक्नेछन्।

मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले मोबाईल मेलामा सहभागीताजनाइ ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका साप्ताहिक मोबाईल बिजेतालाई २५ हजार रूपैयाँ बराबरको मोबाईल फोन हस्तान्तरण गरेकी हुन्

फाल्गुन २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्