जन्ती बोकेको बस मकवानपुरमा दुर्घटना, तीन जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।

दुर्घटनामा ज्यान गुमाएका तीन जनामध्ये मकवानपुर गाउँपालिका–७ का अन्दाजी ३५ वर्षीय सोमबहादुर रुम्बा र सोही स्थानका अन्दाजी २९ वर्षका सोमबहादुर मोक्तानको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

घाइतेहरुको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मकवानपुरगढीदेखि हेटौँडातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ती बोकेको बस दुर्घटनामा परेको हो।

फाल्गुन २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्