ट्वीटरको नयाँ फिचर २४ घण्टापछि ट्वीट आफै हराउने

सामाजिक सञ्जाल ट्वीटरले केही ट्वीटहरु २४ घण्टापछि आफै डिलिट हुने नयाँ ‘फिचर’ परीक्षण गरिरहेको छ । ट्वीटरले बुधबारदेखि सो फिचरको परीक्षण सुरु गरेको हो ।

ट्वीटरले सो फिचरलाई ‘फ्लिट्स’ नाम दिएको छ । यो फिचर अन्तर्गत गरिएको ट्वीट फेसबुक, स्न्यापच्याट र इन्स्टाग्राम ‘स्टोरिज’ जस्तै २४ घण्टामा आफै हराउँछ ।

तर यो फिचरले ट्वीटरलाई अरु सामाजिक सञ्जाल जस्तै बनाउने भन्दै प्रयोगकर्ताले विरोध गरिरहेका छन्।

नयाँ फिचरको विरोधमा रहेकाहरुले अहिले #RIPTwitter ह्यासट्याग प्रयोग गरिरहेका छन् । ट्वीटरले आफ्नो नयाँ फिचर अहिले ब्राजिलमा मात्रै परीक्षण गरिरहेको छ । त्यसकारण सो ह्यासट्याग पनि ब्राजिलमै प्रयोग भएको छ ।

फाल्गुन २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्